५६ हजार नगदसहित ६ जुवाडे समातिए

by समतल अनलाइन

चितवन । पुर्वी चितवनको कालिका नपा- ४ पदमपुरबाट नगद रु ५६ हजार ७ सय ५० सहित ६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरीको अप्रेशन क्लिन चितवन अन्तर्गत शुक्रवार साझ उनीहरूलाई पक्राउ गरिएको हो । पदमपुरका दुखराम चौधरीको घरमा तास खेलिरहेको अवस्थामा ७ बुक तास र नगद सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडानम्वर ४ का ३५ वर्षिय दुखराम चौधरी, ४० वर्षिय महेन्द्र श्रेष्ठ, २४ वर्षिय बिमल महतो, ३५ वर्षिय सन्त ब। महतो, ३१ वर्षिय वीरेन्द्र चौधरी र ३८ वर्षिय हरेराम तामाङ् रहेका छन् । पक्राउ परेकालाई थप अनुसन्धान सगै जुवा ऐन अन्तर्गत मुद्दा चलाउने कोईरालाले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like