कर्मचारी युनियनको केन्द्रिय सदस्यमा भगवती पन्थीको उमेदवारी

बुटवल ।नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय महाधिवशेनको चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेस निकट कर्मचारीहरुको महाधिवेशन फाल्गुण २१ गतेदेखि काठमाडौ.मा शुरु हुदैछ ।                                      जसका लागि उमेदवारहरुले विभिन्न पदमा उमेदवारी घोषणा गरिरहेका छन । यसैक्रमा रुपन्देहीका निर्वतमान उपध्यक्ष तथा युनियनको केन्द्रिय महाधिवेशन प्रतिनिधि भगवती पन्थीले महिला केन्द्रिय सदस्य पदमा उमेदवारी घोषणा गर्न भएको हो ।
२०६४ साल देखि निरन्तर युनियनको विभिन्न पदमा पुगेर संगठन गर्दै आउनु भएकी पन्थी युयिनकर्मीहरुका विचमा लोकप्रीय रहनु भएको छ । उहां यस अघि युनियन रुपन्देहीको सहसचिव, दुई पटक उपाध्यक्ष भई कार्य सम्पन्न गर्नु भएको छ । रुपन्देहीमा अध्यक्षमा दावी गरेपनि सर्वसहमतीका लागि त्याग देखाउनु भएकी पन्थी केन्द्रिय सदस्यमा योग्य उमेदवार भएको केन्द्रिय नेताहरुले समेत बताएका छन् ।

 
 
  
 

You may also like