महाशिबरात्री पर्बको अवसरमा सिद्धबाबा मन्दिरलाई दुलही झै सिगारियो

by समतल अनलाइन

बुटवल ।महाशिबरात्री पर्बको अवसरमा तिनाउ ३ पाल्पामा सिद्धबाबा मन्दिरलाई दुलही झै सिगारिएको छ । तिनाउ ३ पाल्पामा रहेको सिद्धबाबा मन्दिरमा शिबरात्रीको दिन बिशेष पूजाको आयोजना गरिने भएको छ । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि शिबरात्रीको अवसरमा बिशेष पूजा अर्चनाको आयोजना गरिएको सिद्धबाबा मन्दिर बिकास ब्यवस्थापन समितिले जनाएको छ ।

फागुन १७ गते मंगलबार परेको यसबर्षको शिबरात्रीमा शिबपुजन,अखण्ड हरि कृतन , रुद्राभिसेक पुजा र बिशेष पाठ गरिने समितिका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिनुभयो । सिद्धबाबा मन्दिरमा महाशिबरात्री पर्बमा अवलोकन गरि पुण्य कमाउन मन्दिर ब्यबस्थापन समितिले अनुरोध गरेको छ । महाशिबरात्रीको अवसरमा भतmजनहरुको स्वागतका लागी मन्दिरलाई सजाएर चिटिक्क पारिएको शिबरात्री पर्ब प्रचारप्रसार समितिका संयोजक तोया लम्सालले जानकारी दिनुभयो ।

शिबरात्री पर्ब मनाउन पुग्ने दर्शनार्थीहरुको सुरक्षाका लागी सि सि क्यामेराको निगरानी,स्वास्थ शिबिर, सिद्धबाबा मन्दिर दर्शन गर्न जान चाहाने भक्तजनहरुका लागि बुटवलको योगिकुटीबाट सिद्धबाबा मन्दिर सम्म मन्दिर समितिकै बस बिहान ५ बजे देखि संचालन हुने पनि संयोजक लम्सालले बताउनुभयो । मन्दिर भोलीबिहान १ बजेबाटै खुल्ला गरिने संयोजक लम्सालले जानकारी दिनुभयो।

मन्दिरमा नेपालका करिब ६० जील्ला र भारतको गोरखपुरबाट पनि भक्तजन आउने गरेका छ्न । महाशिवरात्री आराध्यदेव भगवान शिवको शिवको पूजा–आराधना गरी मंगलबार देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले शिबरात्री बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा मन्दिरमा पनि शिवरात्रिमा भक्तजनहरूको बिहानैबाट घुँइचो लाग्ने गर्दछ ।

 
 
  
 

You may also like