पल शाह आज प्रहरी समक्ष उपस्थित हुने

by समतल अनलाइन

काठमाडौं । नायक पल शाहले आज (आइतबार) आफू प्रहरी समक्ष उपस्थित हुने बताएका छन् । नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरी सामु आफैं उपस्थित हुने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गीत गाउँछु-२ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरी सामु म आफैं उपस्थित हुने जानकारी दिन चाहन्छु ।’

एक नाबालिग गायिकाले प्रहरी समक्ष पलविरुद्ध बलात्कारको उजुरी दिएपछि जिल्ला अदालत तनहुँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पललाई प्रहरीले खोजिरहेको थियो । तर, पक्राउ गर्न सकेको थिएन ।

 
 
  
 

You may also like