युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन

by समतल अनलाइन

काठमाडौं । युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाएका हुन् ।

‘बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ’, उनीहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ । राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमतीलाई भेटेको स्मरण पनि गरेका छन् ।

उनीहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गरेका छन् । ‘हामी तपाईहरूको साथमा छौं, तपाईहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौं, युक्रेनी जनताको जित होस्’, उनीहरूले सन्देशमा उल्लेख गरेका छन् । -एएफपी

 
 
  
 

You may also like