वेष्टर्न मेगाद्वारा बिएचएमका विद्यार्थीलाई अभिमुखिकरण

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल। स्नातक तहमा होटल ब्यवस्थापन अध्यनयन गर्ने नव आगन्तुक विद्यार्थीका लागि रुपन्देहीमा एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । बुटवल ढवाहमा रहेको वेष्टर्न मेगा कलेजले बिएचएम अध्ययनका लागि तयारी अवस्थामा रहेका रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका जिल्लाका झण्डै एक सय जना विद्यार्थीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा विएचएम अध्ययनका लागि सहजता, उपाय, पढ्ने शैली र अध्ययनका नयाँ म्याथडका बारेमा सहजिकरण गरिएको थियो । आरम्भ ग्रुप अफ हस्पिटालिटी प्रालिका अध्यक्ष मेघराज पन्थको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्नु हुँदै लुम्विनी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख मनोज गैरेले शिक्षामा रोजगारिका लागि उच्च शिक्षामा सीपमुलक सिकाई र ईलम आवश्यक रहेको उल्लेख गर्दै होटल ब्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थी बेरोजगार बस्नु नपर्ने बताउनुभयो ।

उहाँले अहिलेको शिक्षा भनेको ब्यवहारिक र सीपमुलक नै हुनु पर्नेमा जोड दिनुभयो । वेष्टर्न मेगा कलेजका शिक्षक प्रेम पोखरेल र कल्पना न्यौपानेको संचालनमा भएको कार्यक्रममा न्याथमका प्रशिक्षक मनराजा खत्री, टाईगर प्यालेशका जिएम धान्युङ्ग शेर्पा, गोविन्द लुईटेल, कलेजका प्राचार्य श्रीप्रसाद भट्टराई, सहप्राचार्य किशु शर्मा, बिएचएम कोर्डिनेटर सुमित रिजाल, सौगात लामिछाने, सुधन घिमिरे लगायतले होटल ब्यवस्थापन अध्ययनको शैलि, भविष्य र सीपका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो ।

सो अवसरमा कलेजका विद्यार्थीहरुलाई तिलोत्तमामा रहेको टाईगर प्यालेस फाईभ स्टार होटलको ब्यवस्थापन, अभाष, खानपान र हस्पिटालिटीका बारेमा भ्रमण गराइएको थियो भने विद्यार्थीहरुले आआफ्ना प्रस्तुतीहरु देखाएका थिए । वेष्टर्न मेगा कलेजले होटल ब्यवस्थापनमा झण्डै डेढ सय विद्यार्थीहरुलाई दिक्षित गराएको र ति मध्य ३५ जना विद्यार्थीहरु क्यानडा, अस्टेलीया लगायतका युरोपियन देशमा रोजगारी गरि रहेको अन्यले मुलुकभित्रै स्वरोजगार बनेको कलेजका सहायक प्राचार्य किशु शर्माले जानकारी दिनुभयो ।

लिंकन युनिभर्सिटी कलेज मलेसियाबाट सम्वन्धन प्राप्त वेष्टर्न मेघा कलेजले विएचएम र एमविएका कक्षाहरु संचालन गर्दै आएको शर्माले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like