न्यू भिजन सेकेण्डरी स्कूलमा फुड फेस्टिवल सम्पन्न

by समतल अनलाइन

बुटवल ।बुटवल–१२ तामनगरस्थित न्यू भिजन सेकेण्डरी स्कूलमा फुड फेस्टिवल सम्पन्न भएको छ । अर्धवार्षिक परीक्षाको नतीजा सार्वजनिक कार्यक्रमका अवसरमा शुक्रबार विद्यालय प्राङ्गणमा फुड फेस्टिवलको आयोजना गरिएको विद्यालयका सह–प्राचार्य कमल खनालले बताए ।

कक्षा ११ र १२ का होटल म्यानेजमेण्टका विद्यार्थीको आयोजनामा सम्पन्न फुड फेस्टिवलमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको र उनीहरुद्वारा तयार गरिएको परिकार अभिभावक तथा शिक्षकहरुले रुचाएको होटल म्यानेजमेण्टका शिक्षक सुरज पौडेलले जनाए ।

फेस्टिभलमा विद्यार्थीहरुले परम्परागत नेपाली, नेवारी,कन्टिनेन्टल,चाइनिज लगाएतका परिकारहरु तयार गरेको विद्याथीहरु मध्येका सिनियर सेफ मनोज रायमाझीले बताए । फेस्टिवलमा हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको बताउँदै उत्साहजनक तवरले फेस्टिभल सम्पन्न भएको विद्यालयका प्राचार्य केशव श्रीषले बताए ।

रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनका प्रबन्ध निर्देशक मनोज कुमार बस्नेत फेस्टिवलको उद्घाटन गर्दै विद्यार्थीहरुले प्रयोगात्मक तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।

रम्भादेवी ग्रुप अफ अफ टेक्निकल कलेज तथा न्यू भिजन सेकेण्डरी स्कूलमा सामाधारणतर्फ विज्ञान संकाय,होटल व्यवस्थापन, व्यवस्थापन, कम्प्यूटर साइन्स तथा टेक्निकलतर्फ एचए, ल्याब टेक्निसियन, रेडियोलोजी,सिभिल ओभरसिएर, सवओभरशियर जस्ता विषयहरु अध्यापन हुने गरेको ग्रुपका प्रबन्ध निर्देशक बस्नेतले बताए ।

 
 
  
 

You may also like