भोलिको प्रतिनिधिसभा बैठकको कार्यसूची : एमसीसीमाथि छलफल

by समतल अनलाइन

काठमाडौं । भोलि (आइतबार) को प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुनेछ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पनि पेश हुने सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ । गत आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव टेबल गरिएको थियो भने त्यसपछि बिहीबार र शुक्रबारलाई बोलाइएको प्रतिनिसभाको बैठक सरकारकै आग्रहमा स्थगित गरिएको थियो ।

अमेरिकाले एमसीसी परियोजना अनुमोदन गर्न सोमबारसम्मको समयसीमा दिएको अवस्थामा भोलि नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने देखिएको छ । यद्यपि यसका लागि सत्ता साझेदार दलहरु एकीकृत समाजवादी र माओवादी केन्द्र सहमत छैनन् ।

सत्ताधारी दुई घटक एमसीसी पास गर्न सहमत नभएपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको वार्तालाई पनि समानान्तर ढंगले अगाडि बढाइरहेको छ ।

 
 
  
 

You may also like