रुस-युक्रेन युद्धले नेपालका खानेतेल उद्योग प्रभावित

by समतल अनलाइन

काठमाडौं । रसिया र युक्रेनबीचको तनावले नेपालका खानेतेल उद्योग प्रभावित हुने भएका छन् । रुसले युक्रेनमाथि बिहीबारदेखि सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रभाव परेसँगै नेपालको खानेतेल उद्योग पनि प्रभावित हुने देखिएको हो ।

रुसको आक्रमणपछि तनावग्रस्त बनेको युक्रेनमा कच्चा पदार्थ आउन बन्द हुने भएपछि नेपालका तेल उत्पादन गर्ने उद्योगहरु प्रभावित हुने चिन्ताले उद्योगी व्यवसायीलाई सताएको छ । नेपालमा उत्पादन हुने खानेतेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ ।

सूर्यमुखी र तोरीको दाना युक्रेनबाट आयात गरी नेपालका तेल उद्योगमा प्रशोधन गरेर भारततर्फ निर्यात हुने गरेको छ । सूर्यमुखी तेल भारत निर्यातले नेपालको व्यापार घाटामा केही राहत हुँदै आएको थियो । गत आर्थिक वर्षमा युक्रेनबाट १६ अर्ब रुपैयाँभन्दा बढीको भटमास, कच्चा तोरी र सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको थियो । कारोबार दैनिकबाट

 
 
  
 

You may also like