67
आफ्नै साथीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
केरावारी गाउँपालिका-८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्या आरोपमा सोही ठाउँका लिम्बूलाई प्रहरीले घटनाको एक महिनापछि पक्राउ गरेको हो ।
९ माघमा केराबारी-८ स्थित साझेदारी वनमा गाडिएको अवस्थामा बाबुरामको सडेको शव फेला परेको थियो । उनी २७ पुसदेखि हराइरहेका थिए । मोरङका एसपी जनार्दन जिसीका अनुसार भट्टराई र लिम्बु यातायात मजदूर हुन् । ‘मादक पदार्थ सेवन गर्ने क्रममा एउटी महिलाको विषयमा विवाद हुँदा लिम्बूले रडले हानेर बाबुरामको हत्या गरेको देखिन्छ,’ एसपी जिसीले भने, ‘हामी घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’