पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

by समतल अनलाइन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मुल्य बढेको छ ।

बढेको मुल्यपछि अब पेट्रोल प्रतिलिटर १४५ भएको छ भने डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर १२८ भएको निगमले जनाएको छ ।

त्यस्तै निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मुल्य भने वृद्धि नभएको जनाएको छ ।

 
 
  
 

You may also like