फिलिपिन्स टस जितेर पहिले बलिङमा, नेपाली टोलीमा दुई परिवर्तन

by समतल अनलाइन

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को नेपाल र फिलिपिन्सबीचको खेलमा फिलिपिन्सले टस जितेर बलिङ रोजेको छ ।

खेल ११ः४५ मिनेटमा ओमानको अल अमेरात क्रिकेट मैदानमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपाल फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ भने फिलिपिन्स पहिलो जितको खोजीमा हुनेछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा केहीबेरमा शुरु हुने खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई यस खेलमा विश्राम दिइएको हो ।

उनीहरुका स्थानमा अलराउण्डर कुशल मल्ल र तीव्र गतीका बलर गुलसन झालाई समावेश गरिएको छ । नेपाली शुरुवाती ११ मा कप्तान सन्दीप लामिछाने, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा र अभिनास बोहरा रहेका छन् । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

 
 
  
 

You may also like