गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा

by समतल अनलाइन

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् । गठबन्धन बैठक अघि अध्यक्ष ओलीलाई नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पनि भेटेका थिए ।

बिहिबार साँझ एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने अडान लिएपछि सहमति हुन सकेन ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदमा टेबल हुन दिन आग्रह गरेका थिए ।

बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरीसकेको छ ।

 
 
  
 

You may also like