कांग्रेसद्वारा स्थानीय निर्वाचन अभियान घोषणा

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचत केन्द्रित ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलाउने भएको छ ।

मंगलबार सकिएको बैठकले पार्टी चुनाव केन्द्रित अभियान चलाउने निणर्य गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यो अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म चल्ने छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने बताएका छन् ।

 
 
  
 

You may also like