बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीलाई लुम्बिनी प्रदेशद्वारा समाज सेवा श्री पदकबाट विभूषित

by समतल अनलाइन

बुटवल।लुम्बिनी प्रदेश सरकारले बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीलाई समाज सेवा श्री पदक ख बाट विभूषित गरेकाे छ । प्रदेश सरकारकाे चाैंथाे स्थापना दिवसकाे अवसरमा मंगलबार दाङमा आयाेजित कार्यक्रममा संघलाई उक्त पदकबाट विभूषित गरिएकाे हाे ।

प्रदेश सरकार स्थापनाकालदेखि सरकारलाई संघकाे भवन लगायतका पूर्वाधार उपलव्ध गराएर महत्वपूर्ण याेगदान गरेकाे भन्दै समाज सेवा श्री पदकबाट विभूषित गरिएकाे हाे ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीले संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुलाई दाेसल्ला ओढाएर उक्त विभूषण प्रदान गर्नुभएकाे हाे ।
प्रदेश सरकारले स्थापना दिवश कार्यक्रममा संघसहित विभिन्न क्षेत्रमा याेगदान गरेका ५६ जनालाई विभिन्न पदकबाट विभूषित गरेकाे छ ।

 
 
  
 

You may also like