देउवा, प्रचण्ड र माधव नेपालबीच विहानै भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि भएको भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग, स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

अमेरिकाले दवाव बढाइरहेका बेला प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेवुल गराउने वातावरण निर्माणमा जुटेका छन् । जसमा सभामुख अग्निप्रसाद सापकोटा समेत पछिल्लो समय सकारात्मक देखिएका छन् । हिजोको सर्वदलीय वैठकमा सभामुखले एमसीसी अघि बढाउन आफू सकारात्मक रहेको जनाउ दिइसकेका छन् ।

 

 
 
  
 

You may also like