पाँच थान भरुवा बन्दुकसहित एक जना पक्राउ

by समतल अनलाइन

कपिलवस्तु । कपिलबस्तुको वाणगंगा नगरपालिकामा पाँच थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका-९ चौवासमा रहेको रामसमुज थारुको घर गोठमा लुकाइ छिपाइ लोड गरेर राखिएका पाँच थान भरुवा बन्दुकसहति ६० वर्षीय थारुलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुंगले बताए ।

इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले घरमा गइ खान तलासी गर्दा भरुवा बन्दुक बरामद गरेको हो । निज थारुको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक गुरुंगले जानकारी दिए ।

 
 
  
 

You may also like