थप १३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १३ लाख १२ हजार ८० डोज कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका खोप आएको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको सो खोप आज बिहान नेपाल आइपुगेको हो ।

बेलायतले यसअघि पनि कोभ्याक्स सुविधामार्फत आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।

 
 
  
 

You may also like