कोरोनाबाट २३ वर्षीय युवकको मृत्यु, दुबै मात्र खोप लगाएका थिए

by समतल अनलाइन

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आइतबार मृत्यु भएको छ ।
खजुरा गाउँपालिका-२ निवासी २३ वर्षीय युवकको आइतबार बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोनाविरुद्धका दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पीसीआर गर्दा सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ ।

शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका-३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए ।

 
 
  
 

You may also like