लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको बार्षिक साधारण

by समतल अनलाइन

हरिश ढकाल
बुटवल। बुटवलमा प्रधान कार्यालय रहेको लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको ८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिसं २०७० सालमा छरिएर रहेका साना तथा मझौला ढुवानी ब्यबसायीहरु संगठित भै स्थापना भएको संघको साधारण सभामा बोल्ने बक्ताहरुले यातायात ब्यबसायीहरुको समस्याप्रति सरकार गम्भिर नरहेको आरोप लगाएतका छन् ।

साना तथा मझौला सवारी दर्ता, नविकरण र संचालन गर्दा आईपर्ने बिभिन्न समस्याहरुका बारेमा पटक पटक सरकारी पक्षको ध्यानाकर्षण गराउदै आएको भएपनि सुनुवाई नभएको गुनासो गर्दै साना तथा मझौला ढुवानी ब्यबसायीहरुलाई सरकारले उपेक्षा गरेको भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल यातायात ब्यबसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सबै प्रकारका यातायात ब्यबसायीहरु धरासायीको संघारमा पुगेको बताउनु भयो ।

बिगत केही बर्षयता सरकारको गलत नितिका कारण ओरालो लागेको यातायात ब्यवसाय क्षेत्र दुई बर्षदेखि कोभिडको चपेटामा परेको उल्लेख गर्दै पोखरेलले राष्ट्रको आर्थिक बिकासमा मेरुदण्डका रुपमा रहेको यातायात ब्यबसायलाई संरक्षण गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा पश्चिमान्चल यातायात ब्यबसायी समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले यातायात ब्यबसायीलाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघका निवर्तमान अध्यक्ष लक्ष्मण क्षेत्रीले साना स्वरोजगार ब्यबसायीहरुलाई ब्यबस्थित पार्किङ्गस्थल, रुट परमिट लगाएतका समस्याहरु रहेको उल्लेख गर्दै समस्या समाधानका लागि निरन्तर आवश्यक पहल गर्नुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा रुपन्देही ढुवानी ब्यबसायी संघका अध्यक्ष श्यामराज हमाल, सिद्धार्थ ईन्स्योरेन्सका राजु उप्रेती, लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघका सल्लाहकार मोहन पिएस लगाएतले ढुवानी ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए । संघका अध्यक्ष दिनेश थापाले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै साना तथा मmभौला ढुवानी ब्यबसायी तथा स्वरोजगार मजदुरहरुको हकहित संरक्षण र बिकासका लागि प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
संघका उपाध्यक्ष सुमन सापकोटाको संचालनमा का.वा महासचिव रविन्द्रकुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा कोषध्यक्ष नविन पोख्रेल र लेखा समितिका संयोजक गोपाल पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

 
 
  
 

You may also like