नेपाल आज यूएईसँग भिड्दै

by समतल अनलाइन

काठमाडौं । चारदेशीय टी-२० क्रिकेट श्रृंखलामा नेपालले शनिबार यूएईको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे शुरु हुने जनाइएको छ ।

ओमानको अल इमिरात मैदानमा हुने लागेको यो खेल नेपालको लागि श्रृंखलाको दोस्रो खेल हो । नेपालले शुक्रबार ओमानलाई ६ विकेटले हराएको थियो ।

यूृएईको लागि भने यो श्रृंखलाको पहिलो खेल हो । शुक्रबार हुने तय भएको अयरल्याण्डसँगको यूएईको खेल भने स्थगित भएको थियो । आईसीसी टी-२० विश्वकप छनोटको तयारीको लागि यो प्रतियोगिता भइरहेको हो । नेपालले पछिल्लो पटक सन् २०१९ मा यूएईसँग ३ टी-२० खेल खेलेको थियो । उक्त सिरिज नेपालले २-१ ले जितेको थियो ।

 
 
  
 

You may also like