सैनामैनामा अन्तर क्लब ब्याडमिन्टन प्रतीयोगीता हुदै

by समतल अनलाइन

बुटवल । रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ७ मा अन्तर क्लब ब्याटमिन्टन प्रतीयोगीता हुने भएको छ । लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजनामा आउदो शनिबार प्रतीयोगीता हुने क्लबले जानकारी गराएको छ ।
स्वास्थ्यको लागी खेल राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथ एरिया ४ का लायन्स क्लबहरुका बिचमा प्रतीस्पर्धा हुने क्लबका अध्यक्ष सरोज पन्थले जानकारी दिए ।
सैनामैना इन्डोर स्पोर्टस एरिना देवापारमा हुने प्रतीयोगीतामा प्रथम हुने टिमलाइ १५ हजार,दोस्रोलाइ १० हजार तथा तेस्रोलाइ ५ हजार पुरस्कार राखिएको छ । क्लबले खेलाडी एरिया ४ भित्रका लायन्स क्लबको आइडि (लायन्स सदस्य ) सहित उपस्थिती हुनुपर्ने जनाएको छ । सैनामैना क्षेत्रमा बिभिन्न सामाजीक काममा अग्रसर रहेको लायन्स क्लब अफ सैनामैना मलमलाले खेलकुदसगै युवा लक्षीत कार्यक्रमलाइ पनी तिब्रता दिएको सचिब लेखनाथ गैरेले जानकारी दिए ।

 
 
  
 

You may also like