स्थानीय तह निर्वाचनको मिति घोषणा लगतै प्रहरीका ७,३४४ जवानहरुको सरुवा

by समतल अनलाइन

काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठूलो संख्यामा सरुवा गरिएको छ । मंगलबार राति ७,३४४ जना जवानहरूको सरुवा भएको छ ।
फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानीय तह निर्वाचन घोषणा पछि ठूलो संख्यामा जवानहरूको सरुवा गरिएको हो ।

 
 
  
 

You may also like