संघियतामा लुुम्बिनी प्रदेशको अवस्थावारे छलफल

by समतल अनलाइन

बुटवल । संघियतामा लुम्बिनी प्रदेशको अवस्थावारेको अध्ययन सार्वजनिक तथा सरोकारवाला निकायका विचमा छलफल भएको छ । वेस नेपालको व्यवस्थापन संवाद समुह सचिवालयको आयोजनामा बुटवलमा भएको कार्यक्रममा अनुसन्धानकर्ता शेखर पराजुलीले अध्ययन रिर्पोट प्रस्तुत गर्नु भएको थियो । तिन वर्षको अवधीमा लुम्बिनी प्रदेशको राजनितिक, समाजिक सम्बन्धको सन्दर्भ विश्लेषण गर्दै पराजुललीले अहिलेका समस्या चुनौती र अवसरहरुको व्याख्या गरेका थिए ।
वेस संस्थाका प्रवन्ध निर्देशक चुण वहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमा प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले अध्ययनले कैयौं नयां आयमहरुको उद्घोश गरेको भन्दै संघियतालाई अझै परिस्कृत गर्दै लैजानु पर्ने बताउनु भयो । उहाले कतिपय केन्द्रिकृत मानसिकता र कतिपय काम गर्ने दौरानमा भएका सिकाईहरुका कारण समस्याहरु भएपनि संघियताको विकल्प संघियता नै भएको मा जोड दिनु भयो । उहांले सरकार सबैको भावनालाई समेटेरै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । मन्त्री शर्माले संवाद संस्थाले निकै फरक ढंगले उर्जा प्राप्त हुने गरे कार्यक्रम गरेको भन्दै यसलाई अझै व्यापक गर्नु पर्ने बताउनु भयो । सो अवसरमा पुर्व स्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले रा…

 
 
  
 

You may also like