कमल थापाले उठाएका विषयमा छलफल भइरहेको छ : राजेन्द्र लिङदेन

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनीत पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै उनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् ।

उनले निवर्तमान अध्यक्ष कमल थापासँग धेरै विषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केही विषयलाई चाँडै टुंगोमा पुर्‍याइने उल्लेख गरे । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नबनाउने भन्दै उनले चाँडै सकारात्मक सन्देश प्रभाव गर्ने बताए ।
अध्यक्ष लिङदेनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरी २४ जनालाई मनोनीत गरेका थिए ।

 
 
  
 

You may also like