हावाहुरीका कारण धनुषामा २ र रौतहटमा एक जनाको मृत्यु

by समतल अनलाइन

धनुषामा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ ।सबैला नगरपालिका–१२ स्थित फकिरचन्द्र माध्यमिक विद्यालयमा रहेको मसलाको रुख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

त्यस्तै, रौतहटको बौधीमाईमा घर ढल्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको छ ।बौधीमाई नगरपालिका–१ स्थित इँटाको घर खस्दा उनको मृत्यु भएको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 
 
  
 

You may also like