कोरोनाबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,१७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।

 
 
  
 

You may also like