अपाङ्गता भएका ब्यक्तिले बनाए गुडिया र कुसन

by समतल अनलाइन

सैनामैना। सैनामैना नगरपालिकाको आर्थिक सहयोग र रुपन्देही अपांगता पुर्नस्थापना केन्द्र सैनामैनाको ब्यवस्थापनमा अपांगता भएका ब्यक्तीहरुले तालिम पाएपछि अपाङ्गता भएका ब्यक्तिहरुले गुडिया र कुसन बनाउन सिकेका छन । उनीहरुले चितिक्क गरेका धेरै थरीका गुडियाहरु समेत बनाएका छन ।
तालिममा सहभागी भए पछि आशारानी चौधरीले खुशी ब्यक्त गरिन । तालिम प्रभावकारी रहेको समेत उनको प्रतिक्रिया थियो । “गुडिया बनाउ सिके पछि त हामी पनि केही गरेर बाच्न सकिदो रहेछ भन्ने मनोबल बढेको छ ” चौधरीले सुनाईन । यस तालिमले हामीमा क्षमता बिकास हुनुको साथै अपांगता भएकाले समेत आय आर्जन गर्ने अवसर पाउने उनको बिश्वास छ ।
पहिलो पटक अपांगता भएको ब्यक्तिलाई तालिम दिदा गौरव अनुभव भएको बताउदै प्रशिक्षक कल्पना घर्तीले बताईन । पाएको सिपलाई सदुपयोग गर्दै जानू पर्ने प्रशिक्षक मगरको भनाई थियो ।
तालिम तालिममा मात्र सिमित नहोस, तालिममा सहभागी भए पछि यसको सही सदुपयोग भए मात्र स्थानिय सरकारको लगानीको औचित्य हुने फाउण्ड परियोजना संयोजक राधा अधिकारीले बताईन ।
करिब एक हप्तासम्म संचालन भएको तालिममा सहभागी सम्पुर्णलाई सैनामैनाका उपप्रमुख बिना रानाले प्रमाण प्रदान गर्दै शुभकामना दिनु भएको थियो । अपांगता भएका ब्यक्तिले समेत ठुलो ठुलो सफलता हासिल गर्दै आएको उदाहरण समाजमा प्रशस्त रहेकोले आफहरुलाई कहिल्यै कमजोर नसम्झान समेत उपप्रमुख रानाको भनाई थियो ।
सैनामैनाका १५ जना अपांगता भएकालाई तालिम दिईएको थियो ।
कार्यक्रममा वार्ड नं ६ का कार्य बाहक अध्यक्ष, सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज पन्थी, महिला तथा बाल बिकास शाखा प्रमुख तुल्सा ज्ञवाली, डिला राना, सैनामैना ६ का वार्ड सचिव मिनाराम पन्थी लगायतले शुभकामना मन्तब्य दिईएका थिए । पुर्नस्थना संस्थाका कल्पना ढकालको संचालनमा कार्यक्रम संचालन भएको थिउो ।

 
 
  
 

You may also like