पत्रकार भुसाललाई बुटवल जेसीजकाे ‘स्व. गणेशमान सैंजु स्मृति पत्रकारिता पुरस्कार’

by समतल अनलाइन

बुटवल । बुटवल जेसीजले प्रदान गर्ने स्व. गणेशमान सैंजु स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार रेखा भुसाललाई प्रदान गरिएकाे छ । बुटवल जेसीजले प्रत्येक वर्ष प्रदान गर्ने स्व. गणेशमान सैंजु स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार याे वर्ष नागरिक दैनिकमा कार्यरत पत्रकार भुसाललाई प्रदान गरिएकाे हाे ।
साेमबार आयाेजित बुटवल जेसीजकाे अड्चालिसाैं पदस्थापना समाराेहमा उक्त पुरस्कार प्रदान गरिएकाे हाे । त्यस्तै पाल्पा रैनादेवी छहराका कृषि पेशा अपनाएका युवा सुदर्शन पन्तलाई उत्कृष्ट युवाकाे रुपमा सम्मान गरिएकाे छ ।
उनीहरुलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र बुटवल जेसीजका अध्यक्ष गाेपाल चापागाईले कदरपत्र सहित दाेसल्ला ओढाएर सम्मान गर्नुभएकाे हाे ।
कार्यक्रममा बुटवल जेसीज वर्ष २०२१ का अध्यक्ष गाेपाल चापागाईले वर्ष ०२२ काे लागि नवनिर्वाचित अध्यक्ष चिन्तामणी भुसाललाई पद हस्तान्तरण गर्नु भएकाे थियाे । त्यसै अवसरमा नवनिर्वाचित अध्यक्ष भुसालले विधानत अध्यक्षले मनाेनित गर्ने पदहरु महासचिवमा माेहन न्याैपाने, काेषाध्यक्षमा केशव श्रीस, कानुनी सल्लाहकार विनाेद घिमिरे र चिफ एक्जुकेटिभ टु प्रेसिडेन्टमा हरिबिक्रम कुवँरलाई मनाेनित गर्नुभयाे ।

 

 
 
  
 

You may also like