बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं ।उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको थियो। तर तयारी नपुगेपछि बैठक स्थगित गरिएको थियो ।

बिहीबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको स्रोतले बतायो । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन, वैशाखमा हुने भनिएको स्थानीय चुनावको मिति घोषणालगायतका विषयमा समान धारणा बनाउन नेताहरुबीच छलफल भएको हो ।

प्रचण्डले मंगलबारको संयन्त्र बैठकमा स्थानीय तह निर्वाचन ६ महिना सारेर आगामी वैशाख-जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। यो प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनममोर्चा नेपालले पनि साथ दिएका छन्

तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले उक्त प्रस्तावमा आपत्ति जनाएका छन् ।

 
 
  
 

You may also like