छोरासरह छोरीहरुले गरे १३ दिने किरियाकर्म !

by समतल अनलाइन

हरिश ढकाल
बुटवल । आमाबाबुको मृत्यू पछि काधथाम्ने छोरोले भन्ने पुरानो रुढीवादी परम्परालाई तोड्दै छोरीहरुले १३ दिने क्रियाकर्म गरिरहेका छन् ।
पशुपात क्षेत्रमा आफुलाई जन्म दिने आमाको छोरासरह हिन्दुधार्मिक रितिरिवाज अनुसार सेतो घुम्टोमा १३ दिने काजक्रिया गरेका छोरीहरु हुन नम्रता खरेल (पौडेल) र उनकी दिदी चुनरानी शर्मा ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव समेत रहेकी नम्रता खरेलले छोरा नभएको खण्डमा आफैले जमाएको छोरिलाइ दागबत्ती र क्रिया कर्मबाट बन्चित गरि अर्को पात्र खडा गरि क्रियाकर्म गर्ने पुरानो रुढीवादी परम्परालाई तोड्ेकी छिन् । शास्त्र र समाजमा छोरिप्रती रहेका विभेदलाइ अन्त्य गर्ने प्रयास गर्दे आफुहरुले तनमनले स्व.आमाको नाममा किरियाकर्म गरेको बताइन ।
गत पौष २९ गते काठमाण्डौंमा उपचारका क्रममा आमा मनरुपा खरेलको ८९ वर्षको उमेरमा निधन भएको थियो । आमाको दुःखद देहावसानपछि मर्माहत भएकी छोरी नम्रता र उनकि दिदि चुनरानी शर्माले स्व.आमाको पशुपति आर्यघाटमा हिन्दुपरम्परा अनुसार दाहा संस्कार गरेका हुन् । दुई दिदीबहिनीले छोरारसह आफैले स्व.आमार्लाइ दागबत्ती समेत दिएका थिए । स्व.आमा मनरुपा खरेल र उनका पति जयनारायण खरेलका छोरा भनेपनि छोरी भनेपनि ति दुई दिदिबहिनी मात्रै रहेका कारण उनिहरुले छोरासरह दाहसंस्कार र किरियाकर्म गरेका हुन् ।
आमाको अन्त्यष्टिमा आफैले दागबत्ती दिएको कुरा उल्लेख गर्दै नम्रताले भनिन्—बाबा आमाले हामीलाई छोरा र छोरी भन्ने फरक महसुस कहिल्यै हुन दिनुभएन भने हामीले पनि छोरा र छोरीबिचको बिभेद अन्त्यका लागि छोरा सरहनै आमाको अन्त्यष्टि र किरियाकर्म गरेका छौं ।
आमा बाबाको हेरबिचार, उपचार, स्याहार सुसारमा कुनै कमि आउन नदिएको दावी गर्दै नम्रताले समाज रुपान्त्रणमा छोरा छोरी बराबरी भन्ने मान्यतालाई आत्मसाथ गर्नु पर्ने बताइन । ३ जना दिदीबहिनीमा जेठी दिदीको निधन भैसकेको छ भने आफुहरु दुई दिदीबहिनीले छोराको कर्तव्य निर्वाह गरेको बताइएन । आजभोली समाज अलिकति रुपान्त्रित त भएको छ तर पनि छोरीलाई गर्वमै तुहाउने काम झनै धेरै बढेको छ । छोरा पाउनै पर्ने नत्र वंश धान्ने कोही हुदैन भन्ने रुढीवादी परम्परा तोड्नका लागि र आफ्ना सन्तानलाई पनि छोराछोरी बरावरी हुन भन्ने शिक्षा दिनका लागि पनि आफुले यो कदम चालेको नम्रताकोे भनाई छ ।
विगत लामो समय देखि दमको रोगी आमाको उपचारमा कुनै कमी हुन दिएका थिएनौं एक्कासी निमोनिया देखियो अस्पताल भर्ना गरिम आमा फर्किनु भएन चुनरानी शर्माले बताइन । उनिहरुले पशुपति आर्यघाटमा नै क्रियाकर्म गरिरहेका छन् ।
छोराहरु नभएपनि छोरीहरुले आमा बाबालाई कहिल्यै छोराको अभाव महसुस हुन नदिएको नम्रताका ९१ बर्षिय पिता जयनारायण खरेलले बताएका छन् । छोराले मात्रै वंश धान्न सक्छ भन्ने समाजलाई यि दुई छोरीले चुनौती समेत दिएको खरेलको भनाई छ । स्व. खरेलका ९ जना नातीनातीना समेत रहेका छन् ।

 
 
  
 

You may also like