बुटवलमा ढिस्कोले पुरिदा २ जनाको मृत्युु , ३ जना घाइते

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगर पालिका वडा नम्बर ११ प्रगति नगरमा तिनाउको ढिस्कोले पुरिएर २ जनाको मृत्युु भएको छ भने तीन जना घाइते भएका छन ।

आगो ताप्ने क्रममा माथिबाट ढिस्कोले पुरिएर ५ जना घाइते भएका थिए । घाइते ५ जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्ने क्रममा २ जनाको मृत्यु भएको जनाइएको छ ।

पुरिएर मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । घटनामा परि घाइते हुनेमा केशव पुरी, अशाेक गाहा र अन्य १ जना रहेकाे प्रहरीले जनाएकाे छ ।

अझै पनि केही मान्छे पुरिएको आंशकामा जेसिबी प्रयोग गरि खोजि गरिएको प्रहरीले बताएको छ । ढिस्को खसेको ठाउँमा पानी भएका कारण उद्दारका लागि कठिनाइ भएको छ ।

 
 
  
 

You may also like