क्रिमसन कलेजमा रक्तदान, ४० युनिट रगत संकलन

by समतल अनलाइन

रुपन्देही । बुटवलको देविनगरस्थित क्रिमसन कलेज अफ टेक्नोलोजीमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा रक्तदानतर्फको आकर्षण बढाउन र यसका विभिन्न फाइदाहरुलाई आत्मसाथ गर्नुपर्छ भन्ने संदेश दिन ‘रक्तदान जिवनदान’ भन्ने मुल नारासहित सोही कलेजमा अध्यनरत विद्यार्थीहरुद्धारा कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा ४० युनिट रगत संकलन भएको आयोजक टिम सि.ए.पि.एस का कोषाध्यक्ष विवेक पौडेलले जानकारी दिनुभयो ।
सि.एस.डब्लु.सि, सि.ए.पि.एस र सि.ए.एल.एस को संयुक्त आयोजनामा उक्त कार्यक्रम कलेजकै प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रममा कलेजका विद्यार्थी तथा शिक्षकहरुले रक्तदान गरेका थिए ।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधकि सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

 
 
  
 

You may also like