उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता – बाउन्नकला विजयी

by समतल अनलाइन

स्वस्तिक श्रेष्ठ
बुटवल।उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत आईतबार भएको खेलमा बाउन्न कला क्रिकेट एकेडेमी विजयी भएको छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा जारी प्रतियोगितामा बुटवल राईनोज क्रिकेट क्लबलाई १ सय २४ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोज्दै मैदान प्रवेश गरेको बाउन्न कलाले ३५ ओभरमा १ सय ६२ रनको लक्ष्य खडा गरेको थियो । बाउन्नकलाका महेश रानाले ४४ र मौसम ढकालले २८ रन बनाए । बुटवल राईनोजका अस्लम अलि र सन्जीव बोहराले समान २—२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको बुटवल राईनोजका ब्याट्सम्यानहरु केवल १४.१ ओभरमा ३८ रनमा समेटियो । उसका लागि सन्जीव बोहराले ९ तथा सुभाष बिकले १० रन जोडेका थिए । कम स्कोरमा रोक्न बाउन्नकलाका विष्णु कठरिया र कृष्ण पराजुलीले समान ३—३ तथा मौसम ढकालले २ विकेट लिएका थिए । बाउन्नकलाका मौसम ढकाल खेलमा म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।
वर्षाको कारण ३ दिन प्रभावित भएको खेल आईतबारदेखि शुचारु भएको समितिका सचिव पुनित पोखरेलले बताए । सोमबार न्यु होराईजन क्रिकेट क्लब र महाबिर क्रिकेट क्लबका बिचमा हुने उनले बताए । प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराईजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएका छन ।

 
 
  
 

You may also like