धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी दर्ता

by समतल अनलाइन

काठमाडौ। गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोजना बीचमै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै फाउण्डेशनविरुद्ध सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।

बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गरेका छन् ।अधिकारीले भन्नुभयो, ‘हामीले पटक पटक मापदण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्नेसम्मको पारदर्शी हिसाबकिताब सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ ।’उजुरी अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएको जानकारी गराए।

 
 
  
 

You may also like