मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको निधन

by समतल अनलाइन

बुटवल। मोटरसाइकल दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गुल्मी छत्रकोट ३ निबासी शोभाखर पन्थ कलाक्षेत्रमा काम गर्दथे । उनी फोटोग्राफर समेत हुन् । उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन् ।

उनी सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो । उनी केहिसमयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्दथे उनका १ श्रीमती र १ सन्तान छन् ।

उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

 
 
  
 

You may also like