उद्धार उडानको अनियमितता छानबिन गर्न मन्त्री आलेले बनाए समिति

by समतल अनलाइन

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समिति गठन गरेका छन् ।

मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहेका छन् । समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको समितिका एक सदस्यले जानकारी दिए ।

‘कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २३९ ‘चार्टर्ड फ्लाइट’ गरेको थियो,’ मन्त्रालयका ती अधिकारीले भने, ‘त्यसको छानबिन गर्नका लागि समिति गठन भएको हो ।’ समितिले शुक्रबारबाट छानबिन थाल्ने बताइएको छ ।

 
 
  
 

You may also like