गृहपृष्ठ खुद्रा किराना व्यवसायी संघ बुटवलको क्षेत्रगत भेला तथा अधिवेशन

by समतल अनलाइन

बुटवल । खुद्रा किराना व्यवसायी संघ बुटवलले क्षेत्रगत भेला तथा अधिवेशन सम्पन्न गरेको छ ।क्षेत्रगत अध्यक्ष दिपक काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगर पालिका वडा नम्बर ६ सदस्य नन्दा थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै थापाले किराना व्यवसायीको हक हित को निम्ति नगरपालिका सहकार्य गर्न प्रतिबद्धता भएको बताउनु भयो ।

अतिथि खुद्रा किराना व्यवसायी संघ जिल्ला अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले राज्यबाट व्यवसायीहरु संरक्षित नभएकोले व्यवसायीको व्यवसायलाई सुरक्षित गर्नका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कृष्ण प्रसाद पाण्डे , मोहन प्रसाद वस्याल लगायत ले बोल्नुभएको थियो । बुटवल-६,गुरुद्वारापथ स्थित होटेल नन्दन मा सम्पन्न कार्यक्रममा खुद्रा किराना व्यवसायी संघ जिल्ला महासचिव गोपाल कुमार प्रधानको सञ्चालन रहेको थियो ।

अधिवेशनबाट क्षेत्रगत कार्यसमिति चयन

खुद्रा किराना व्यवसायी संघ बुटवलले क्षेत्रगत भेला तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । जस्को आदर्शनगर,चाँदवारी क्षेत्रको क्षेत्रगत संयोजकमा बुद्धिसागर पाण्डे , उपसंयोजकमा चन्द्रकान्त सापकोटा साथै सदस्यहरुमा कृष्ण थापा,अनिता श्रेष्ठ ,नरबहादुर श्रीस,चन्द्र प्रसाद पौडेल चयन हुनुभएको छ । सल्लाहकारहरु मा दुर्गा प्रसाद गौतम ,दिपक काफ्ले , मेघ बहादुर जिसि रहनु भएको छ ।

साथै लक्ष्मीनगर,गोलपार्क क्षेत्रमा संयोजक गोपाल कुमार प्रधान हुनुभएको छ जसको सदस्यहरुमा प्रमिला श्रेष्ठ ,चन्दा शाक्य , रुक्मागत पाण्डे , यम कुमारी बुढा ,जयमाया श्रेष्ठ ,टेक बहादुर थापा चयन हुनुभयो । जसको सल्लाहकारमा कृष्ण प्रसाद श्रेष्ठ ,चित्र बहादुर के सि ,कर्ण बहादुर उचैमगर रहनु भएको छ ।

 
 
  
 

You may also like