नेपालमा एकै दिन ३,०७५ मा कोरोना संक्रमण, दुईको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

 
 
  
 

You may also like