नेपालमा थप १४ सय ४६ जनामा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका १४ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १४ हजार ४ सय ८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४ सय २९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo

 
 
  
 

You may also like