बुटवल । रुपन्देहीको देवदहमा क्रियाशिल उद्योगि ब्यवसायिकहरुको संस्था देवदह उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि शनिबार नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न संघको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनले हरि भण्डारीको अध्यक्षतामा आगामी कार्यकालका लागि १५ सदस्यीय नयाँ नेतृत्व निर्विरोध चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा मिना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रमेश चन्द्र गैरे, महासचिवमा विष्णु न्यौपाने, सचिवमा अजय भण्डारी र कोषाध्यक्षमा सन्तोषनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य निर्मल ढुङ्गानाले जानकारी दिए । कार्यसमिति सदस्यहरुमा कृष्ण शाही, चोलिमाया झेँडी राना, पुजा ढुंगाना, दीपेन्द्र बराल, कमला अर्याल, केशव पराजुली, बन्दना गौतम, दिपक पौडेल र पर्शुराम उपाध्याय न्यौपाने निर्वाचित भएका छन ।
त्यसैगरि लेखा समितिकाे सयोजमा दुर्गानारायण डुम्रे र सदस्यहरुमा दिपेश अर्याल र गोपिकृष्ण तिवारी चुनिएका छन ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री अब्दुल रज्जाकले ब्यवसायिक एकताविना औद्योगिक क्षेत्रको विकास सम्भव नहुने बताए । उनले ब्यवसायिक उपलब्धताका लागि औद्योगिक नीति प्रयाप्त नभएतापनि मौजुदा औद्योगिक नीतिलाई अवलम्वन गर्दै ब्यवसायिक तथा औद्योगिक विकासका लागि सबैको चिन्तन आवश्यक रहेको बताए । रुपन्देहीको समग्र विकासका लागि आफ्नो संघर्ष जारी रहेतापनि भनेजति उपलब्धी हासिल गर्न नसकिएको उल्लेख गर्दै विकासका निम्ती निरन्तर लागि रहने आश्वासन दिए । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सहसचिव बासुदेव रिमाल, देवदह नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष दामोदर क्षेत्री, सामाजिक अगुवा डिल्लीराज मरासीनी, देवदह उद्योग ब्यापार संगठनका पुर्व अध्यक्ष गोविन्द ठटराई, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, ब्यापार संघ देवदहका सचिवालय सदस्य रामबहादुर गुरुङ्ग, भिम अस्पताल भैरहवाका प्रशासकीय अधिकृत गोविन्द ज्ञवाली, संघका उपाध्यक्ष मिना श्रेष्ठ लगायतले कोरोना महामारिका कारण धरासायी भएतापनि राज्यले ब्यवसायिक सुरक्षाका लागि आवश्यक योजना ल्याउन नसकेर उद्योग ब्यवसायिलाई निराश बनाएको बताए । देवदह उद्योग बाणिज्य संघका महासचिव हरि भण्डारीको संचालनमा भएको कार्यक्रममा संघका अध्यक्ष गोपालप्रसाद ढकालले संघको प्रतिवेदन प्रस्तुत गर्दै देवदहमा औद्योगिक ग्राम निर्माण, देवदह मण्डपको स्थापना तथा ब्यवसायिक सुरक्षाका लागि स्थानीय सरकारको ध्यानाकर्षण सहितको योजना प्रस्तुत गरेका थिए । यसैबीच अधिवेशनकै अवसरमा संघले पत्रकार झविन्द्र देवकोटा सहित आधा दर्जन उद्योगि ब्यवसायीलाई सम्मान गरेको छ । संघको स्थापनाकाल देखि संचारक्षेत्रबाट पुर्याएको योगदानको मुल्यांकन गर्दै तिलोत्तमा राष्ट्रिय दैनिकका सहसम्पादक देवकोटालाई संघले सम्मान गरेको हो । यस्तै उत्कृष्ट ब्यवसायीतर्फ देवदह ग्रिन एग्रो रिसर्च एण्ड रिसार्ट प्रालि र देवदह गोरस घर तथा उद्योगतर्फ आवास स्टिल फर्निचर उद्योगलाई सम्मान गरेको हो । त्यसैगरी सो अवसरमा देवदह क्षेत्रका पाँच जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको थियो ।
देवदह उद्योग बाणिज्यमा हरी भण्डारी निर्वाचित , पत्रकार देवकोटा सम्मानित
75