पाकिस्तानमा २० वर्षयताकै भारी हिमपात, कम्तीमा २२ जनाको ज्यान गयो

by समतल अनलाइन

काठमाडौं । पाकिस्तानमा हिमपातका कारण कम्तीमा २२ जनाको ज्यान गएको छ । भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुमध्ये ६ जना बालबालिका रहेका छन् । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात भएको हो । राजधानी इस्लामाबादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीको पहाडी सहर नजिकै फसेकाहरूको उद्धार गरिएको छ । हिमपातले सडक बन्द हुँदा हिउँ खेल्न पुगेका पर्यटक अलपत्र परेका थिए ।

सेनाले सडकमा जमेको हिउँ खाली गर्ने प्रयास गरिरहेको छ । हिमपातले प्रभावित केही क्षेत्रमा आपत्काल घोषणा गरिएको आन्तरिकमन्त्री शेख रसिदले जानकारी दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरी आफू निक्कै मर्माहत भएको उल्लेख गरेका छन् ।

 
 
  
 

You may also like