घरमा आगलागी हुँदा ग्याँस सिलिण्डर विष्फोट : एकको मृत्यु, १२ जना घाइते

by समतल अनलाइन

झापा । झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । अरु १२ जना घाइते भएका छन् । गए राति मेचीनगर नगरपालिका-७ पिपलचोकमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर-८ का ४५ वर्षका सारद राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय केशव पाठकको एक तले कच्ची घरमा आगलागी हुँदा ग्याँस सिलिण्डर पड्किँदा अरु १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा लेखनाथ तिमल्सिना, गोविन्दप्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधिकारी रहेका छन् । घाइते ११ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए । सुशीला अधिकारी डिस्चार्ज भएका छन् । आगो नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले निभाएका छन् ।

 
 
  
 

You may also like