मणि उजेशद्वारा तीन सय बालबालिकालाई न्यानो कपडा

by समतल अनलाइन

बुटवल। लायन्स क्लव अफ बुटवल मणि उजेशले रुपन्देहीका विभिन्न स्थानका करिव तीन सय बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडो बड्दै गएकाले बालबालिकाहरुका लागि जाडो मौसममा न्यानो बनाउने ट्रयाक सुट, स्वीटर र जुत्ता मोजा वितरण गरेको हो ।

मणि उजेशले रुपन्देहीको तिलोत्तमा गंगोलीयाको बरौलीया माविका १ सय ७० बालबालिकाहरुलाई स्वीटर वितरण गरेको छ । बरौलीया माविको प्रांगडमा भएको कार्यक्रममा जोन चियर प्रशन नेहा अग्रवालले विद्यालयका प्रिन्सिपल घनश्याम चौधरी मार्फत विद्यार्थीलाई स्वीटर वितरण गर्नु भएको मणि उजेशका अध्यक्ष प्रविना घिमिरेले जानकारी दिनुभयो । यस्तै क्लवले बुटवल १७ रानीगञ्जमा रहेको जनशक्ति नमुना भिमप्रसाद गोमाता न्यौपाने आदर्भुत विद्यालयका एक सय दुई जना विद्यार्थीलाई जुत्ता मोजा वितरण गरेको छ । क्लवले विद्यार्थीलाई जाडोमा सघाउ पु¥याउने उद्देश्यले जुत्ता मोजा वितरण गरिएको क्लवले जनाएको छ । लायन्स ईन्टरनेशनलका पिएमसीसी सुनिल वझा, डिष्ट्रिक कोभिफ एड्भाईजर पुरुषोत्तम प्रधानाङ्ग, मिरा वझा, इनरह्वीलका द्विती उपाध्यक्ष सानु श्रेष्ठ लगायतले विद्यालयका प्रिन्सिपल कल्पना भण्डारी मार्फत जुत्ता हस्तान्तरण गर्नु भएको थियो । क्लवका निवर्तमान अध्यक्ष सोनाली गुरुङ्गको संयोजनमा कार्यक्रम भएको थियो । यस्तै क्लवले क्रियटिभ ईन्टिच्युट नेपालका २० जना अनाथ तथा असहाय बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गरेको छ । लायन्सका रिजनल चियर प्रशन सृष्टि गुरुङ्गको आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकाहरुलाई जोडोमा केहीभएपनि सहयोग पुगोस भनेर न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको मणि उजेशका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा क्लवका पुष्पा कण्डेल, सीमा बस्याल, रितु गुरुङ्ग, प्रिया कसौधन, सुस्मीता श्रेष्ठ, नेहा गुप्ता लगायतले संयोजन गर्नु भएको थियो ।

 
 
  
 

You may also like