रोहिणी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्बल वितरण

by समतल अनलाइन

भैरहवा।रुपन्देहीको रोहिणी गाउँपालिकाले वडा नम्बर ७ मा बस्ने जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । ७ नम्बर वडाका ३ सय बढीलाई न्यानो कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

चिसो बढेसंगै जेष्ठ नागरिकहरु बढी प्रभावित हुने भएकोले वडामा रहेका गाउँपालिकामा जेष्ठ नागरिकमा सुचीकृतहरुलाई कम्बल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । अध्यक्ष यादवले ७ नम्बर वडा कार्यालयले यस अघि नै बिनियोजन गरेको बजेटबाट उनीहरुलाई कम्बल वितरण गरेको बताए । योसंगै वडामा रहेका एकल महिलाहरुलाई पनि भोली कम्बल बितरण गर्ने उनले जनाए । गाउँपालिकाले चिसोबाट जोगिन छिट्टै दाउराको व्यवस्थापन समेत गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । कम्बल बितरण कार्यक्रममा बोल्दै उनले चिसोबाट जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकोले अति आवश्यक कामबाहेक बाहिर नजान आग्रह गरे । बढी चिसो भएकोले गाउँपालिकाले निर्णय गरेर शुक्रबारसम्म सबै विद्यालय बन्द गरेको र जेष्ठ नागरिकको हकमा गाउँपालिकाले कम्बल वितरण गरिरहेको उनले बताए । उनले पालिकामा रहेका अन्य वडाहरुका जेष्ठ नागरिकसम्म पनि यो कार्यक्रम पुर्याइने जनाए । 

वडा नम्बर ७ को कार्यवाहक वडा अध्यक्ष दुखनी थारुको अध्यक्षतामा सम्पन्न कम्बल बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, ७ नम्बर वडाका वडा सदस्य परशुराम गुप्ता, रविन्द्र यादव, कान्ती हरिजन, कार्यालय सहायक धनकुमारी पाण्डे लगायतले बोलेका थिए । वडा सचिव बबिता यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

 
 
  
 

You may also like