मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वय शुरु

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रदेश सरकारले यस वर्ष शुरुवात गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वयमा गति लिएको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले ले मुख्यमन्त्री शैक्षि सुधार कार्यक्रमको १२ वटै जिल्लाका शिक्षा समन्वय कर्ताहरुलाई अभिमुखीकरण गरेपछि अब गति लिने भएको छ ।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व मुख्यमन्त्री कुलप्रसाद केसीले २०७८ साल साउन २८ गते देखि नेतृत्व लिएपछि उहाँकै नेतृत्वमा यस शैक्षिक सुधार कार्यक्रम यसै वर्षको बजेटमा विनियोजन गरिएको थियो । लुम्बिनी प्रदेशको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि नै पहिलो प्राथमिकतामा शिक्षामा लगानी गर्नु पर्ने मुख्यमन्त्री केसीले अवधारणा अगाडि सार्नु भएको थियो । सोही अनुसार आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रममै पहिलो सरकारले सञ्चालन गरिरहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई परिमार्जन गरी हाल मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम पारित गरेको थियो ।
मुख्यमन्त्री ग्रामीण शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका निर्देशक समितिमा मुख्यमन्त्री स्वयम नै अध्यक्ष रहेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वय समिति र यस कार्यक्रममा शैक्षिक सुधार कार्यक्रमको निर्देशकमा ग्रीस पुनमगरलाई प्रदेश सरकारले नियुक्ति गरि सकेको छ । प्रदेशको १२ वटा जिल्लाका १२ जना शैक्षिक सुधार कार्यक्रमका कार्यक्रम सम्वनयकर्तालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रममा अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा निर्देशक मनोज गैरले लुम्बिनी प्रदेशको शैक्षिक अवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले लुम्बिनी प्रदेशको शैक्षिक संस्थाहरुको अवस्था, दवन्दीको अवस्था, विद्यार्थीको अवस्था, सामुदायिक र सँस्थागत विद्यालयको अवस्थाका विषयमा जानकारी गराउँदै आगामी दिनमा सुधार गर्नका लागि अति आवश्यक रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव कुमार दाहालले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आचार संहिता, कर्मचारीहरुले निर्वाह गर्नु पर्ने भूमिका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले मुख्यमन्त्री लिएको शैक्षिक क्षेत्रका सपनालाई साकार गर्नका लागि सबै लाग्नका लागि निर्देशित गर्नुभएको थियो ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्क कार्यालयका कानून सचिव राजेन्द्र थापाले मुख्यन्त्री शैक्षिक सुधार कार्यक्रमको कार्यविधिका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले कार्यक्रम निर्देशक समितिको काम कार्य, जिल्ला अनुमगन समितिको काम र कतव्र्य, कार्यन्वयन समितिको कार्य लगायतको बारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा निर्देशक ग्रिस पुनमगरले सबै समन्वय कर्ताहरुले यस कार्यक्रमलाई सफल पार्नका लागि सबैलाई निर्देशन गर्नुभएको थियो ।
यस कार्यक्रममा प्रत्येक स्थानीय पालिकामा रकम गई सकेको छ । स्थानीयतहले विद्यालयको शैक्षिक अध्ययनका लागि वातावरण निर्माण गर्नका लागि विभिन्न क्रियाकलाप छनौट गर्नेछन् । विद्यालयको खानेपानी, शौचालय, घेरबार, पर्खाल, रंग रोवन लगायको काम गर्न सकिने छ ।

 
 
  
 

You may also like