नमस्ते नेपालद्वारा देउसीभैलोमा उठेको रकमबाट शैक्षिक तथा खेलकूदका सामग्री वितरण

by समतल अनलाइन

बुटवल ।लामो समय देखि समाजसेवामा सक्रिय हुदै आएको नमस्ते नेपालद्वारा देउसीभैलोमा उठेको रकमबाट सोमबार तिलोत्तमा नगरपालिका वडा नंं १ मा रहेको सिद्धार्थ आधारभुत माविमा शैक्षिक सामग्री तथा खेलकूदका सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

देउसी–भैलो खेलेर जम्मा भएको रकम र वडा न १ को सहयोगमा विद्यालयमा केहि मात्रामा सहयोग होस् भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष अर्जुन खरेलले जनाए । नमस्ते नेपालले तिलोत्तमा नगरपालिकाको समेत आर्थिक सहयोमा विद्यार्थीहरुलाई १५० झोला , सथै कपि कलम तथा विविध खेलकुद सामाग्री गरि करिब रु ५० हजार भन्दा धेरैको शैक्षिक सामग्री तथा खेलकुदका सामाग्री बितरण गरेको र “अतिनै नाजुक र अव्यवस्थित भएको बिधालयलाई अब निरन्तर रुपमा सहयोग र समक्षण गर्ने नमस्ते नेपालको प्रतिबद्धता “संस्थाका अध्यक्ष खरेलले बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक लगाएतको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं. १ का अध्यक्ष तामनाथ पाण्डेले “नमस्ते नेपालले बिगतदेखि नै सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रंससा गर्दै आगामी दिनमा यस्ता सामाजिक कामहरु गर्न अनुरोध गरे” । कार्यक्रम संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता उपाध्यक्ष मनिष भुषालको स्वागत तथा सचिव सुशिल सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like