डोरितानमा महिलातर्फ बाणगंगा प्रथम , पिस हिमालयको सम्मान

by समतल अनलाइन

बाणगंगा।कपिलबस्तुमा सम्पन्न दोस्रो जिल्लास्तरीय डोरितान प्रतीयोगीतामा महिलातर्फ बाणगंगा नगरपालीकाले प्रथम स्थान हासिल गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा बिजयनगर गाउपालीकालाइ सोझो २ सेटमा पराजीत गर्दै बाणगंगा नगरपालीकाले उपाधीमाथी कब्जा जमाएको हो । पहिलो संस्करणको उपाधी पनी बाणगंगाले नै उचालेको थियो । यसैगरी
शुद्धोधन गाउपालीका भने तेस्रो स्थानमा खुम्चिएको छ । कार्यक्रममा कृष्णनगर नगरपालीकाका नगर प्रमुख रजतप्रताप शाहले बिजयी खेलाडी तथा प्रशिक्षकहरुलाइ नगदसहित सम्मान गरिएको डोरितान सघं कपिलबस्तुका अध्यक्ष एबम केन्द्रिय सदस्य मिनराज बेल्बासेले जानकारी दिए ।

पिस हिमालयको सम्मान ……..

स्थानीय तहले बिजेता खेलाडीहरुलाइ प्रोत्साहन नगरिरहेको अबस्थामा बिजयी महिला खेलाडीहरुलाइ शुक्रबार नै पिस हिमालय रिसोर्टले बिशेष सम्मान कार्यक्रम आयोजना गर्यो । नगरका अधिकाशं खेलाडी ठाकुरापुर टोलबिकास संस्थाका महिला खेलाडीहरुको सहभागीता रहेको थियो । सोही ठाउमा रहेको हिमालय रिसोर्टले स्थानीय महिला खेलाडीहरुलाइ अगामी दिनमा अझै प्रेरणा मिलोस भन्दै सम्मान गर्न पाउदा खुसी लागेको रिसोर्टका सन्चालक रामु न्यौपानेले बताए । ठाकुरापुर टोलबिकास संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले खेलाडीहरुलाइ बाणगंगा नगरपालीकाले कुनै वास्ता नगरेको भन्दै गुनासो गरे । कार्यक्रममा डोरितान सघं कपिलबस्तुका जिल्ला सदस्य खगराज शर्मा , नगर अध्यक्ष हिमलाल भुषाल , टिम क्याप्टेन अम्बिका आचार्य लगायले बोल्दै खेल र खेलाडीलाइ सम्झेकोमा रिसोर्टलाइ धन्यबाद प्रदान गरेका थिए ।

 
 
  
 

You may also like