by समतल अनलाइन

काठमाडौ । शेयर बजार परिसूचक नेप्सेमा आज (बिहीबार) दोहोरो अङ्कको गिरावट आएको छ । नेप्से आज ३७ दशमलव ८७ विन्दुले घटेर दुई हजार तीन सय ७६ दशमलव ७४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ वटा कम्पनीको शेयर कारोबार भएकोमा २९ वटा कम्पनीको मात्रै शेयर बढेको छ । आज ५३ लाख ७९ हजार कित्ता शेयर दुई अर्ब ३० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको नौ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्रिनलाइफ हाइड्रो, मैलुङखोला जलविद्युत् र हिमालयन पावर पार्टनरको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि नेपाल बङ्गलादेश बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

 
 
  
 

You may also like