राष्ट्रिय सभा निर्वाचन : २,०२५ मतदाताका लागि तोकियो १४ मतदान केन्द्र

by समतल अनलाइन

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै आठ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ ।

आयोगका अनुसार प्रदेश-१ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदानस्थलभित्र दुई/दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्रहरू तोकिएका छन् ।

आयोगका अनुसार ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १,४९३ गरी जम्मा २,०२५ मतदाता रहेका छन् । राष्ट्रिय सभामा चार बर्षे कार्यकाल सकिएर फागुन २१ गतेबाट १९ सांसद् बिदा हुँदैछन् । सोही स्थानमा निर्वाचन हुन लागेको हो ।

 
 
  
 

You may also like